व्हात्तै घट्यो सुनको मूल्य

कृष्ण रोकाया

काठमाडौँ, ८ माघ : आज साताको तेस्रो दिन अर्थात मंगलबार हिजो तोलामा १ सय रुपैयाँले बढेको सुनको मूल्या आज घटेको छ।


हिजो ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन आज प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया