मन्त्री मगर अस्वस्थ भएपछि अस्पताल भर्ना

कृष्ण रोकाया

काठमाडौँ, ८ माघ : खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उहाँ सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिनुभयो । मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू