पोखरीमा डुबेर बालकको मृत्यु

admin

भक्तपुर, ८ माघ : चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको सरस्वती इँट्टाभट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।


काभ्रे नमोबुद्ध नगरपालिका–४ घर भई हाल सोही इँट्टाभट्टामा काम गर्ने सुमन तामाङको तीन वर्षीय छोरा नीरज तामाङको डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको र शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको बताइएको छ ।
-रासस

प्रतिक्रिया