धेरै कर्मचारीको मोह संघमा नै समायोजन हुने

admin

काठमाडौं , ९ माघ : संघमै समायोजन हुने चाहना कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ । समायोजनमा जान फारम भरेका कु्ल ७७ हजार ३४ जनामध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै समायोजन हुने चाहना देखाएका छन् । सरकारले स्थानीय तह र प्रदेशमा खटाउने कर्मचारी समायोजन ल्याए पनि अत्यधिक कर्मचारीको रोजाई संघ नै परेको हो ।

१३ हजार कर्मचारीले भने समायोजन फाराम नै भरेका छैनन् । यसले पनि अत्याधिक कर्मचारीको चाहना संघमै बसेर काम गर्ने रहेको देखाइएको छ । सरकारले भने संघका लागि ४९ हजार ९ सय २० जनाको मात्र दरबन्दी स्वीकृत गरेको छ । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू