मध्यरातमा भोजपुर केन्द्रबिन्दु बनाएर गयो भूकम्प

admin

काठमाडौं , ९ माघ : पूर्वी नेपालको भोजपुरसहितका पहाडी जिल्लामा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा पनि महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका अनुसार भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । रातको समयमा भूकम्प गएपछि भोजपुरसहितका पहाडी क्षेत्रका बासिन्दा त्रसित भएर बाहिर निस्केका थिए । मंगलबार बिहान पनि काठमाडौँको थापाथलीलाई केन्द्रबिन्दु बनाउँदै गोरखा भूकम्पको परकम्प गएको थियो ।

प्रतिक्रिया