काठमाडौं , ९ माघ : काठमाडौँको पश्चिमी डाँडो चन्द्रागिरीमा हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यका आसपासका क्षेत्र चन्द्रागिरि, फुलचोकी, शिवपुरीलगायतका स्थानमा गएरातिदेखीनै हिमपात भएको हो। हिमपातका कारण चिसो बढेको छ।
दिउँसो पनि मौसममा सुधार हुने छैन्। देशभर सामान्य देखि पूर्ण बदलि हुने महाशाखाले जनाएको छ।
त्यस्तै पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने छ भने देशको हिमाली भेगमा हिमपात हुनेछ।
आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ।
तस्बिर : चन्द्रगिरि हिल्स