मोडल सुमी मोक्तानको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ९ माघ : मोडल सुमी मोक्तानको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ । उनलाई भिडियोमा रितेश गुरुङले साथ दिएका छन । भिडियोमा एक जोडीको बिछोडको पिडा देखिएको छ । सार्वजनिक गीतमा ज्ञान सुब्बाको स्वर, दिनेश सुब्बाको संगीत र प्रतिक चामलिङको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज भने गोपाल रसाइलीले गरेका हुन् ।

ज्ञान सुब्बा लामो समय देखि गीत संगीतमा सक्रिय रहदै आइरहेका छन । सोनाम पाख्रिनको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सब दाहालको छायाँकन, सुसिल न्यौपानेको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी र बिमला तामांगको मेकअफ समाबेस छ ।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया