महँगी र भ्रष्टाचारविरुद्ध तरुण दल

कृष्ण रोकाया

पोखरा, ९ माघ : नेपाल तरुण दल कास्कीले देशमा महँगीका साथै नीतिगत भ्रष्टाचार र कर आतङ्क बढिरहेको आरोप लगाएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दलका जिल्ला अध्यक्ष मनोज गुरुङले सरकारले निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन नसकेको जनाउँदै दोषीलाई कारवाही र मानवाधिकार तथा प्रेस स्वतन्त्रता आदिको रक्षाका लागि आन्दोलन गरिने बताउनुभयो । दलका पूर्वकेन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले सरकारले काम गरोस् भन्ने उद्देश्यका साथ प्रतिपक्ष अहिलेसम्म चुप लागेर बसेको बताउँदै लोकतन्त्रको रक्षा र कानूनी राज्यको स्थापनाका पक्षमा तथा महँगी र भ्रष्टाचारविरुद्ध चुप लागेर नबस्ने चेतावनी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू