जनमतको सदुपयोग गर्न नेता आचार्यको आग्रह

शर्मिला गुरुङ

बेझाड, ९ माघ : नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्दै भन्नुभयो, “ पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हँुदैन ।”
बहत्तर वर्षको लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा र दमन शोषणविरुद्ध तथा जनताको हितका लागि काङ्ग्रेसले काम गरेको जिकिर गर्नुभयो । रासस

प्रतिक्रिया