जनमतको सदुपयोग गर्न काङ्ग्रेसका नेता आचार्यको आग्रह

कृष्ण रोकाया

बेझाड, ९ माघ; नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्दै भन्नुभयो, “ पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हँुदैन ।”

बहत्तर वर्षको लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा र दमन शोषणविरुद्ध तथा जनताको हितका लागि काङ्ग्रेसले काम गरेको जिकिर गर्नुभयो । रामपुर डान्स आइडलको उपाधि रानालाई

दोस्रो रामपुर डान्स आइडलको उपाधि सैलिसा रानाले हात पार्नुभएको छ । सहभागी २७ प्रतिस्पर्धीमध्येबाट दोस्रो रामपुर डान्स आइडलको उपाधि जित्न सफल रानाले रु ३० हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै श्वेता रुचालले द्वितीय र सिन्धु श्रेष्ठे तृतीय पाउनाका साथै समीक्षा देवकोटाले सान्त्वना पुरस्कार पाउनुभएको छ । उहाँहरुलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरियो । पूर्वअर्थमन्त्री आचार्य, प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र दिव्यतारा इण्टरप्राइजेजका सञ्चालक सिद्धार्थ शाक्यले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू