काठमाडौँ, ९ माघ : निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘बद्री बहादुर’लाई संचारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् ।
‘ए बि पिक्चर्स फार्म’ र सलोन सलिना फिल्मको ब्यानरमा करिब एक करोडको लगानीमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् ।
चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ, जय किसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । यस चलचित्र बाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।
चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नूत्य निर्देशन, शंकर महर्जनको द्वन्द रहने छ । चलचित्रमा रामजी राउत र ज्ञान कुमार मुख्य सहायक निर्देशन रहने छ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।
चलचित्र लमजुङ्ग, काठमाडाैं, धरानर संखुवासभाको विभिन्न ठाउमा छायांकन गरिने छ।कमेडी चलचित्र ‘बद्री बहादुर’लाई तीजमा रिलिज गरिने निर्देशन बस्नेतले जानकारी दिएका छन् ।