आज बिहिबार अमेरिकी डलरको भाउ घट्यो

शर्मिला गुरुङ

काठमाडौँ, १० माघ : आज बिहीबार नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ८४ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४४ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६६ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ७ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २७ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ५१ पैसा रहेको छ।

प्रतिक्रिया