हृदयघातकाका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु !

मनिषा थापा

एजेन्सी : बलिउड अभिनेता गोबिन्दाका ३४ वर्षीय भतिजा जन्मेन्द्र अहुजाको मृत्यु भएको छ। उनको विहीबार राती हृदयघातका कारण निधन भएको थियो।


मुम्बइको यारी रोड एक्सटेन्शनस्थित एक अपार्टमेन्टमा बस्ने गर्दथे। त्यहीको रोडमा मृत्यु हुन पुगेका आहुजाको शवलाई भारतीय प्रहरीले पोष्टमार्टम गर्न लगाएको थियो ।

यद्यपी, जन्मेन्द्रका कजन दाई कृष्णा अभिषेककी श्रीमती कश्मिरा शाहले एक वेबसाइटसँगको कुराकानीमा जन्मेन्द्रको मृत्यु प्राकृतिक भएको बताएकी छिन् ।

उनको मुम्बईको पवन हंस अडेटोरियममा अन्तिम संस्कार गरिसकिएको छ । अन्तिम संस्कारमा गोबिन्दा, कृष्णा अभिषेक, विनय आनन्दसहित परिवारका अन्य सदस्य देखिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू