यौन प्रस्ताव अस्विकार गरेको भन्दै यी फोटोग्राफरले गरे २० वर्षीया मोडेलको हत्या !

मनिषा थापा

ऐजेन्सी : भारतको मुम्बइमा पर्ने अन्धेरीमा एक १९ बर्षीया मुजम्मिल सैय्यद नाम गरेका फोटोग्राफरले मोडेल मानसी दीक्षितको हत्या गरेका छन् । बंगुर नगर पुलिसले अनुसन्धान पछि दाबी गरेको फाइलमा निज फोटोग्राफरले २० वर्षीया मोडेल दीक्षितको फोटोसुट गरेका थिए ।

फोटोसुटको बदलामा युवकले मानसी सँग यौन प्रस्ताव राखे तर जब मानसीले यौन प्रस्ताव अस्विकार गरिन् ती युवकले उनको टाँउकोमा काठको स्टुलले प्रहार गरे । उनी वेहोस भएर ढलेकी थिइन् । त्यसपछि युवक आफैले मानसीको घाटीमा डोरी कसेको बताए । प्रहरीले दीक्षितको कपडाबाट वीर्य र स्वाब समेत फेला पारेको भारतीय सञ्चारमाध्यम ले जनाएको छ ।

पोस्ट मार्टमको रिर्पोटले दिक्षीतको यौनाङ्ग घर्षण भएको देखाएको थियो । ती युवकले मानसी मरेपछि सूटकेसमा पेक गरे र ट्याक्सी खोज्न लागे । ४ जना बोकी रहेको एक ट्याक्सीले उनको झोला भारी भएका कारण लैजान मानेन ।

त्यसपछि उनले दोस्रो ट्याक्सी समाते र एयरपोर्ट जाने भने । तर अलि अगाडि पुगेपछि भने मुम्बइकै मलाड स्थित माइन्डस्पेस भन्ने ठाँउतिर ट्याक्सी लैजान अनुरोध गरे । ट्याक्सीबाट हतार हतार ओर्लिदै त्यो सूटकेसलाई फुटपातमा फालेको देखेपछि सोही ट्याक्सी चालकले प्रहरीलाई खबर गरेका थिए ।

आरोपीलाई प्रहरीले अन्धेरीकै ओसिवारा अर्पाटमेन्टबाट प्रकाउ गरेको जनाइएको छ । घटना हुनुको एक दुई दिन अघि मात्रै मुजम्म हैद्राबादबाट मुम्बइ आएको दोषीका परिवारले बताए ।

गत बर्षको अक्टोबर १५मा मानसीको हत्या भएको थियो ।प्रहरीले हत्या भएकाे बेलामै मुजम्मिलाई गिरफ्तार गरेकाे थियाे । त्यसपछि अन्त: आएर अनुसन्धानले दोषीलाई पुर्णरुपमा पहिचान गर्न सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू