चर्चित गायक दिप श्रेष्ठको आवाजमा ‘बरु दुःख देउ’ सार्वजनिक

शर्मिला गुरुङ

काठमान्डौँ, १२ माघ : आधुनिक सुगम संगीतमा ख्याति प्राप्त गायक दिप श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बरु दुःख देउ’ बोलको गीत भिडियोसहित बजारमा आएको हो । सार्वजनिक गीतको भिडियोमा प्रेम र विछोडलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

सुवास चन्द्र ढुंगेलको शब्द तथा अविदको संगीत रहेको गीतमा जिवनका विभिन्न कालखण्डमा आइपर्ने समस्यालाई समेटिएको छ । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशनमा तयार परिएको भिडियोमा काजिश श्रेष्ठ र रुपा कडेँलको अभिनय हेर्न सकिन्छ।

हेर्नुहोस गीतको भिडीयो:

प्रतिक्रिया