निकै मर्मस्पर्शी गीत ‘एर्पोट जाने गेट’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १२ माघ : बाध्यताले देश छोडेर बिदेशी भुमी जाने नेपालीहरुको पिडा बोकेको नयाँ गीत ‘एर्पोट जाने गेट’ सार्वजनिक भएको छ । निकै मर्मस्पर्शी गीतमा भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ । जहाँ मोडल सृष्टि खड्का, राज खत्री र अभिनेत्री रश्मी भट्ट देखिएकी छिन् । भिडियोले गरिब परिवारको कथालाई देखाएको छ ।

टिका बस्नेतले स्वर भरेको सार्वजनिक गीतमा राज कुमार बगरको संगीत र लक्षि प्रसाद घिमिरेको शब्द सुन्न सकिन्छ । काठमाडौँ आसपासमा खिचिएको भिडीयोको निर्देशन उत्कृस्ट सम्पादक निसान कस्यप घिमिरेले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन , सृष्टि थापा मगरको मेकअप र बिकास दाहालको सम्पादन समाबेश रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया