सेतो दुबी हटाउन अपनाउनुस् यी अचुक उपायहरु…

मनिषा थापा

समाजमा भगवानको श्रापको रूपमा हेरिने सेतो दुबीको समस्यालाई साधारण र सजिलो घरेलु उपचारबाट हटाउन सकिन्छ। यी घरेलु उपायको बारेमा तल उल्लेख गरीएको छ। सेतो दागको समस्या सेतो दाग एक प्रकारको छालाको रोग हो। यो एक प्रकारको बंशाणुगत गुण पनि हो। संसारका दुई प्रतिशत मानिसहरु यो समस्याबाट पीडित छन् ।

यसलाई ठीक गर्नको लागि केहि समय धैर्य गर्नु पर्छ। यी घरेलू उपायहरूमा यस समस्याको समाधान लुकेको छ, जसलाई धैर्यताका साथ अपनाउनु आवश्यक छ।

१. तामा : तत्व, त्वचामा मेलेनिनको निर्माणका लागि निकै आवश्यक छ। यसकारण तामाको भाँडोमा रातभर पानी भरेर विहान खाली पेटमा पिउनुहोस्। वर्षौ पुरानो यो तरिका मेलेनिन निर्माणमा सहयोग पुराउछ। 

२. निमको पात : निमको पात र फल धेरै प्रकारका रोगहरूका लागि फाइदाजनक हुन्छ। नीमको पातलाई पिनेर पेस्ट बनाउनुहोस् र दाग भएको ठाउँमा नियमित रुपमा लगाउनुहोस्।  साथै हरेक दिन नीमको फल खानुहोस् र नीमको पातको रस पिउनुहोस्।  यसले रगत सफा गर्नेछ र सेतो दागको साथै छालाको हरेक रोगहरु हराउनेछ।

३. शरीर सफा राख्नुहोस : कहिलेकाहिँ मानिसहरूले मल-मूत्र रोकेर राख्छन्। जुन गलत कुरा हो। यसले शरीर भित्र हानिकारक पदार्थहरुलाई जम्मा गर्छ जसले  शरीरलाई हानिकारक बनाउँछ। त्यसैले सधै शरीरको विषालु तत्वलाई बाहिर निकाल्नुहोस् र शरीरलाई शुद्ध राख्नुहोस्।

४. फाईदाजनक बेथु : सकेसम्म आफ्नो भोजनमा बेथु समावेश गर्नुहोस्। दैनिक बेथु उमालेर त्यसको पानीले शरीरमा आएको सेतो दागलाई धुनुहोस्। दुई कप काचो बेथुको रस निकाल्नुहोस्,यसमा आधा कप तिलको तेल मिसाउनुहोस् र सानो आगोमा पकाउनुहोस्। जब तेल मात्र बाकी बस्छ तब यसलाई निकाल्नुहोस् र यसलाई दैनिक रुपमा दागमा लगाउनुहोस्।

५. ओखर खानुहोस्  : ओखर दुबिको लागि फाईदाजनक हुन्छ। हरेक दिन ओखर खानुहोस्। यसले सेतो भएको छालालाई कालो बनाउन मदत गर्छ।

६. अदुवा : हरेक दिन अदुवाको रस पिउनुहोस् र खाली पेटमा अदुवाको एक टुक्रो चबाउनुहोस्। साथै अदुवा पिनेर सेतो दागमा लगाउनुहोस्।

  • यो नखानुहोस्

यी घरेलु उपचारको साथमा, धेरै खानेकुराहरू खानु हुदैन जसले सेतो दागका समस्याहरू बढ्नबाट जोगाउछ। मिठाई, रबारी, दूध र दही एकै समयमा उपभोग नगर्नुहोस्। साथै दुधबाट बनेको चिजसंग माछा पनि नखानुहोस्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू