सुनको भाउ ह्वात्तै बढ्यो

मनिषा थापा

काठमाडौं : आज सुनको भाउ तोलामा ६ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ६१ हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला ६० हजार ९ सय रुपैंयामा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा दश रुपैंयाले बढेर प्रतितोला ७६५ रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया