लागुऔषधसहित दुई जना पक्राउ

admin

काठमाडौँ, १३ माघ : प्रहरीले आज दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ नागढुङ्गा सुरक्षा चौकीमा सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध एक हजार ४८५ एम्पुल नाइट्राभेटसहित सर्लाही रामदाम गाउँपालिका– ७ का विकासकुमार गुप्तालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस्तै प्रहरीले काठमाडौँ महानगरपालिका– ९ स्वर्णगेट सडक किनारबाट मोरङ सुन्दर हरैया नगरपालिका– ११ का ३८ वर्षीय लोकविक्रम साहलाई लागुऔषधसहित पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले खैरो हेरोइन पाँच ग्राम र लागुऔषध बुप्रेनोर्फिन ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल, फेनारगन ४९ एम्पुल र नाइट्राजेपाम नाइट्राभेट ६०० ट्याब्लेट बरामद गरेको छ ।

-रासस

प्रतिक्रिया