यूएईविरुद्ध पहिलो टी–२० सिरिजमा जितको लक्ष्यका साथ मैदान उत्रँदै नेपाली टिम

सन्दीप खत्री

काठमाडाैँ: यूएईमा रहेको नेपाली क्रिकेट टिमले आज यूएईसँग पहिलो टी–२० सिरज खेल आज खेल्दैछ । एक दिवसीय सिरिजमा २–१को जित निकालेको नेपाल अर्को इतिहास रच्ने दाउमा छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो ।

गएको वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो । तर, सिरिज नेपालका लागि भने सहज छैन । यूएईका ब्याट्सम्यान ठूलो सर्ट खेल्न माहिर छन् ।

पछिल्लो पटक घरेलु प्रतियोगिताहरुमा पनि टि २० फरम्याटमा बढि अभ्यस्त भएको नेपाली टिमले एकदिवसिय टिममा भन्दा यो सिरिजमा केहि परिवर्तन गर्न सक्ने बुझिएको छ ।

प्रतिक्रिया