यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शर्मिला गुरुङ

काठमाडौँ ,१७ माघ  : आज बुधबार नेपाली बजारमा अमेरिकी डलरको भाउ सामान्य रुपमा उकालो लागेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार युके पाउण्ड बाहेक सबै देशको मूल्य उकालो लागेको छ ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ५० पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७८ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ५१ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १७ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ।

प्रतिक्रिया