भुकम्पमा खुट्टा गुमाए पनि आत्मविश्वास उस्तै, नाचेरै चर्चित प्रिया विश्वकर्माको मार्मिक जीवनकथा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। २०७२ सालको बैशाख १२ गते गएको विनाशकारी भुकम्पकि घाइते हुन् मकवानपुरकि प्रिया विश्वकर्मा। भूकम्पमा परेर चमत्कारिक रूपमा बाँचेका नेपालीहरू मध्यमा एक हुन् उनी। उनले आफ्नो खुट्टा गुमाएकी छिन् तर उनको आत्मविस्वास भने अझै उस्तै छ। अप्रेसन गर्न नमिल्दा उनको खुट्टा काट्नु परेको उनले बताइन्।

शनिवारको दिन सबै घरमा नै थिए। एक्कासी घरहरु हल्लिन थाल्यो। उनी माटोको घरमा बस्थिन्। उनी बस्ने घर भत्किएर उनी पुरिन पुगिन्। खुट्टालै जोडले थिचेको हुनाले उनको एउटा खुट्टा रहेन। तर पनि आफुले आफुलाई अरु भन्दा केहि कम ठान्दिनन् प्रिया।

भुकम्प अघि उनी हेटौडामा नै बस्थिन्। उनकोआमाबुबा भने काठमाडौँ बस्थे। रोजगारीकै शिलशिलामा उनको आमाबुबा काठमाडौँ नै बस्नु पर्ने बाध्यता भएकोले उनको दिदि र उनी पनि अहिले काठमाडौँ नै बस्छन्।

धेरै पढेर सरकारी जागिर खाने इक्षा छ उनको। उनी नाच्न पनि एकदम पोख्त छिन्। आफुलाई नाच्न एकदम मन पर्ने उनले बताइन्। कुनै दिन म पनि ठुलो स्टेजमा नाच्न पाए भनेको जस्तो लाग्छ उनलाई।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू