भक्तपूर : पनीर पकौडा एकदमै स्वादिष्ट हुन्छ र बनाउन पनि सजिलो छ । आज हामी पनीर पकौडा बनाउन सिकाउँछौं।
सामग्री
- पनीर ३५० ग्राम
- बेसन २०० ग्राम
- रातो खुर्सानीको धूलो अलिकति
- धनियाँको धूलो आधी चम्चा
- नून स्वादअनुसार
- चाट मसला डेढ चम्चा
- तेल चाहिने जति
विधि - बेसनलाई एउटा भाँडोमा निकालेर त्यसमा रातो खुर्सानी, धनियाँको धूलो, एक ठूलो चम्चा तेल र नून हालेर पानी हाल्नुस्। अब यसको गाढा घोल बनाउनुस् र घोललाई आधा घन्टा त्यत्तिकै राख्नुस्।
- पनीरलाई ससानो टुक्रा पार्नुस्। टुक्राहरूमा चाट मसला दल्नुभए हुन्छ।
- कराहीमा तेल हालेर तताउनुस्।
- बेसनको घोललाई मज्जाले फिँट्नुस् ।
- पनीरको एक चौकोर टुक्रालाई बेसनमा चोप्नुस् र कराहीमा हाल्नुस्।
- एकचोटिमा तीनवटासम्म पकौडा यसरी नै तार्नुस्। गाढा खैरो हुन्जेल तार्नुस्। आगो मध्यम राख्नुहोला।
- तारेको पकौडा एउटा थालमा राख्नुस् । यो तात्तातो पकौडालाई धनियाँ वा गोलभेंडाको अचारसँग खान मज्जा आउँछ।
माथि बताइएको पकौडाको परिकार चारजनाका लागि ठिक्क हुन्छ। एजेन्सी