प्रेमदिवसको सप्ताहको शुरुवात गुलाबको सुवास र सौन्दर्यतासँग शुरु हुनेछ । यसको अर्थ भ्यालेन्टाइनको पहिलो दिन ‘रोज डे’बाट शुरु हुन्छ । यो दिन सबै प्रेम जोडीहरु एकअर्कालाई गुलाबको फुल दिएर आफ्नो प्रेम प्रकट गर्छन् ।
वास्तवमा यो दिन तपाईले आफ्नो पार्टनरसँग मात्र होइन विभिन्न रंगको फुलहरु बाढेर आफ्नो साथी, क्रस वा शत्रुसँग पनि मनाउन सक्नुहुन्छ । यो दिन विभिन्न रंगका फुलहरु आपसमा आदानप्रदान गर्ने गरिन्छ जसको अर्थ पनि रंग अनुसार फरक हुन्छ । आज हामी तपाईलाई यो दिनसँग जोडिएको कुरा यो दिन किन मनाइन्छ भन्ने प्रसंग सुनाउँदै छौं ।
रोज डे मनाउनुको पछाडी एउटा कहानी सुनाउने गरिन्छ । यदि तपाई रोजको अक्षरलाई ठिक तरिकाबाट मिलाउनु भयो भने यो ‘इरोज’ बन्छ जो प्रेमका देवता हुन् । ग्रिक मिथकमा भनिन्छ प्रमेकी देवी भेनसलाई गुलाबको फुल निकै मन पर्दथ्यो ।
रोज डेलाई लिएर अर्को किम्बदन्ती के छ भने मुगल बेगम नूरजहाँलाई रातो गुलाब सबैभन्दा प्रिय थियो । भनिन्छ नूरजहाँलाई खुशी पार्नका लागि उनका श्रीमान् दैनिक टनको हिसाबले ताजा गुलाबहरु दरबार पठाउने गर्दथे ।
यदि तपाई पनि साचोंँ प्रेमको खोजीमा हुनुहुन्छ भने प्रेमको झरीमा भिज्नका लागि तयार रहनुहोस् किनभने रोज डेसँगै चाढै नै भ्यालेन्टाइन विक सुरु हुँदैछ । यदि तपाई कसैलाई लामो समयदेखि मन पराउनुहुन्छ तर प्रस्ताव गर्न सक्नु भैरहेको छैन भने अब ढिलो नगरी एउटा गुलाबको फुल लिएर उसको अगाडी आफ्नो मनको कुरा राख्नुहोस् ।