युएईविरुद्ध नेपाल चार विकेटले विजयी

admin

काठमाडौँ, १८ माघ : टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध चार विकेटले विजयी भएको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा भने युएईलाई पराजित गरेको हो । युएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि अन्तिममा जित निकाल्न सकेको हो । चार बलमा एक रन चाहिएको अवस्थामा दिपेन्द्रसिंह ऐरीले चौका हानेपछि नेपालले जित पक्का गरेको हो ।  ऐरीले अन्तिम दुई बलमा छक्का र चौका हान्दै नेपालको जित पक्का गरे । 

टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईले नेपाललाई १०८ रनको चुनौती दिएको थियो। अन्तिम ओभरको दोस्रो बलमा सबै विकेट गुमाउँदै यूएईले १०७ बनाएको थियो। नेपाललाई जिताउने क्रममा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४७ रन बनाए । उनले ४१ बलको सामना गर्दै ४ चौका र एक छक्का पनि हानेका थिए । नेपालका कप्तान पारस खड्का एक बल खेल्दै शून्यमै पेभेलियन फर्किए । नेपाली ओपनर प्रदीप ऐरी पनि ८ बलमा ८ रन बनाएको अवस्थामा आउट भए । ज्ञानेन्द्र मल्लले १३ बलमा केबल ७ रन मात्रै बनाउन सके । सन्दीप जोहराले ७ बलमा १ रन मात्रै जोडे ।

 

झिनो स्कोर पछ्याउने क्रममा सुरुमै लड्खडाए पनि मध्यक्रममा दिपेन्द्रले नेपालको इनिङ सम्हाले । नेपालका लागि दिपेन्द्रपछि करण केसीले २३ बलमा २० रन बनाए । नेपालका लागि पवन सर्राफले २५ बलमा १८ रनको योगदान दिए । युएईका लागि सुल्तान अहमेदले २ विकेट लिए । त्यसैगरी मोहम्मद नाभिद, अमिर हायात, इमरान हैदर र जाहुर खानले व्यक्तिगत १/१ विकेट लिन सफल भए । 

 

यसअघि टस जितेर युएईले ब्याटिङ रोजेपछि बलिङको निम्तो पाएको थियो । युएईका लागि सिपी रिजवानले ४३ बलमा ४४ रनको सर्वाधिक स्कोर गरे । त्यसपछि साइमान अनवरले १४ र मोहम्मद बुताले ११ रनको योगदान दिए । युएईका अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् । नेपालका लागि अविनाश बोहराले ४ ओभरमा २० रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै सन्दीप लामछिाने ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले पनि ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर २ विकेट लिए । करण केसीलेले ३.२ ओभर बलिङ गरेर २२ रन खर्चिँदै २ विकेट लिन सफल भए । 

 

करण केसीले जाहुर खानलाई दुई रनमै आउट गरेर यूएईको अन्तिम विकेट लिए। यसअघि उनले पाँचौ विकेटको रुपमा यूएईका मोहम्मद बुतालाई ११ रनमै आउट गरेका थिए। नेपालले दोस्रो खेलमा जित निकालेपछि तीन खेलको श्रृंखला १-१ को बराबरीमा पुगेको छ । नेपालले यसअघि तीन खेलकै ओडिआई श्रृंखलामा पहिलो खेल गुमाएको थियो । तर दोस्रो र तेस्रो खेलमा जित निकाल्दै नेपालले श्रृंखला आफ्नो पक्षमा पारेको थियो । यो श्रृंखलाको अन्तिम तथा निर्णायक खेल यही आइतवार हुँदैछ । 

प्रतिक्रिया