१० हजार घुससहित मालपोतका नासु पक्राउ

admin

गौशाला, १९ माघ : मालपोत कर्यालय जलेश्वर महोत्तरीका मुद्दा फाँटका नासु ढकबहादुर कार्की १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनसन्धान आयोग बर्दिवासको टोलीले महोत्तरीको गौशाला नगरपालिका १ रामनगरबाट उनलाई पक्राउ गरेको हो।

कार्की उदयपर त्रियुगा नगरपालिका १७ बोक्सेका बासिन्दा हुन्। उनी ज ९ प ४९८६ नम्बरको मोटरसाइकल चढेर सेवाग्राहीसँग घुस लिन पुगेको अख्तियार स्रोतले जनाएको छ।

आमाको नाउँमा रहेको जग्गा आमाको मृत्युपछि छोरीहरूलाई नामसारी गर्ने क्रममा सर्जमिन मुचुलुका बनाउन उनले घुस मागेका उजुरीकर्ताहरूले बताएका छन्। सेवाग्राहीले अख्तियारमा गोप्य सूचना दिएपछि उनलाई अख्तियारको टोलीले समातेको हो। उनी डेढ वर्षअघिमात्र सिन्धुली मालपोतबाट सरुवा भएर महोत्तरी आएका थिए।

प्रतिक्रिया