निकुञ्ज क्षेत्रभित्र टाइमकार्ड लागू

admin

बाँके, १९ माघ : बर्दिया राष्ट्रिय निकुञ्जभित्र मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत ठूला उच्च ओहोदाका व्यक्तिले प्रयोग गर्ने सवारी साधनसमेत निकुञ्जले जाँच शुरु गरेको छ ।

बर्दिया निकुञ्जभित्र सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने घटना बढेपछि नियन्त्रणका लागि प्रशासनले टाइमकार्ड लागू गरेको छ । निकुञ्जको प्रवेश बिन्दुमा दिइने कार्डमा उल्लेख समयभित्र अर्को सुरक्षा पोष्टमा पुग्नुपर्छ समयमा तलमाथि भए जरिवाना तिर्नुपर्छ । निकुञ्जक्षेत्र भित्र केही घटना भई हालेमा दोषी नउम्कियोस् र गति सीमित गराउन यस्तो नियम लागू गरिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
-रासस

प्रतिक्रिया