काठमाडाैंबाट दुई रातमा ३३ बालबालिकाको उद्धार

admin

काठमाडौं, माघ २० : बालबालिका खोजतलास समन्वय केन्द्रले पछिल्लो २ दिनमा ३३ बालबालिकालाई उद्धार विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ । केन्द्रले बिहीबारदेखि २ दिनसम्म चनाएको रात्रिकालीन उद्धार कार्यक्रममा यी बालबालिका उद्धार भएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनु भयो । 

‘सुरुमा हामीले २७ बालबालिका उद्धार गरेका हौँ, जसमा २ जना बालिका छन् ती सबै १० देखि १८ वर्ष उमेर समुहका छन् ।’ उहाँले बनाउनु भयो । रातको  ८ बजेदेखि ३ बजेसम्म चलाएको कार्यक्रम स्थानीय प्रहरीसँगको सहकार्यमा पशुपति, बसपार्क, ठमेल, बसन्तपु, क्षेत्रमा पुगेको थियो । यो समाचार आजको नेपाल समाचार पत्रमा प्रकाशित छ । 

 

प्रतिक्रिया