अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाल भारतको भुभाग भनेपछि…

मनिषा थापा

एजेन्सी : गएको हप्ता अमेरिकी गुप्तचर संगठनमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खनिए । इरानविरुद्ध अमेरिकी गुप्तचर संगठन निस्क्रिय र अनुभव बिहिन रहेको उनले आरोप लगाएका थिए ।

रिपोर्ट अनुसार शनिबार अमेरिकी राष्ट्रपतिले नेपाल र भुटान भारतको एक भुभाग भएको विचार व्यक्त गरेका छन् । यसको खुलासा अमेरिकन गुप्तचर विभागका एक अधिकारीले जनाएका हुन् । ट्रम्पका सल्लाहकारले विश्वमानचित्रमा दक्षिण एसियाबारे केही व्रिफिङ गरेका थिए ।

ट्रम्पले मानचित्रमा आफुलाई थाहा छ भन्दै नेपाल भारतको भुभाग भएको बताएका थिए । तर, जब उनलाई नेपाल स्वतन्त्र देश भएको बताइयो तब उनले भुटान भारतमा पर्ने बताएका थिए । गएको अगस्टमा ट्रम्पले नेपालको गलत उच्चारण गरेका थिए ।

उनले नेपाललाई निप्पल भनेका थिए । साथै भुटानलाई भुटोन भनेका थिए । त्यस समय भारतका प्रधानमन्त्री अमेरिका भ्रमण तयारीमा रहेका थिए ।

प्रतिक्रिया