हाइड्रोसिलको निःशुल्क उपचारबाट ४४ जना लाभान्वित

पूजा बानियाँ

नुवाकोट, २० माघ : त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् । अस्पतालले हाइड्रोसिलका कारण बिरामीको निःशुल्क उपचार गर्न तीनदिने कार्यक्रम सञ्चालन गरेको थियो ।


अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट देवकी खतिवडाले उपचारका लागि आएका केही बिरामीको उच्च रक्तचापलगायत विभिन्न शारीरिक समस्याको कारण उपचार हुन नसकी फर्काउनुपरेको बताउनुभयो । अस्पतालले एक बिरामीको उपचारका लागि रु ६ हजार खर्च गरेको थियो । अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालले यस वर्ष शल्यक्रिया गर्न छुटेका र थाहा नपाएर अस्पताल नआएकाहरुलाई लक्ष्य गरी अर्को वर्ष पनि कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि अधिकारीले जिल्लामा एक हजार ५०० भन्दा बढी मानिस हाइड्रोसिलबाट पीडित रहेको हुन सक्ने विभिन्न तथ्याङ्कबाट देखिएको बताउनुभयो । रासस

प्रतिक्रिया