युएईसामु नेपालद्वारा १०५ रनको लक्ष्य प्रस्तुत

admin

काठमाडौँ, २० माघ : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा नेपालले घरेलु टोलीलाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पूरै १० ओभर खेल्दै आठ विकेट गुमाएर १०४ रन बनायो । 

नेपालका लागि कप्तान पारस खड्काले २९ तथा सन्दीप जोराले २८ रन बनाए । वर्षा र हावाहुरीको कारण ढिला शुरु भएको खेल १० ओभरमा झारिएको थियो । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । 

-रासस

प्रतिक्रिया