भूउपयोग विधेयक, २०७५ प्रस्तुत

admin

काठमाडौँ, २० माघ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले प्रतिनिधसभाको आजको बैठकमा भूउपयोग विधेयक, २०७५ प्रस्तुत गर्नुभयो । 

विधेयक प्रस्तुत गर्दै उहाँले सरकार प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न संवेदनशील रहेको हुँदा भूमिका वर्गीकरण र समुचित उपयोगका गर्न सकियोस् भन्ने हेतुले विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गुठीको व्यवस्थापन, भूमिहीन समस्या समाधान गर्न तथा मालपोत ऐन र भू–नीति छिट्टै ल्याउने तयारीमा सरकार रहेको छ, कृषियोग्य जमीन अन्यत्र प्रयोग भएको तथा अव्यवस्थित शहरीकरणलगायतले धेरै उर्बर जमीन बाँझो रहनुले खाद्य सुरक्षामा असर परिरहेको छ ।” 

 

यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही माघ २३ गते बुधबार दिनको १ बजे बस्नेछ । 

-रासस

प्रतिक्रिया