लाटोकोसेरो उत्सव सम्पन्न

admin

खोटाङ, २० माघ : पाँचबुँदे घोषणापत्र जारी गर्दै खोटाङको जालपामा आयोजना गरिएको आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न भएको छ । घोषणापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटोकोसेरो तथा हुचिल संरक्षण गर्दै हुचिललाई वडा पक्षी घोषणा गरिएको छ । 

हुलिलाई वडाको पक्षीका रुपमा अनुमोदन गराउन नेपाल सरकारसँग अनुरोध गरिने घोषणापत्रमा उल्लेख छ । लाटोकोसेरो तथा हुचिल उत्सव प्रत्येक वर्षको फेबु्रअरीको पहिलो शुक्रबार र शनिबार जालपामा मनाउने जनाइएको छ । स्थानीय सरोकारवाला, जालपा माध्यमिक विद्यालय र ज्योति माविअन्तर्गत गठित क्लबको क्षमता अभिवृद्धि गर्दै प्रकृति संरक्षणमा सहभागी गराउने उल्लेख छ । उक्त वडालाई गुलेली निषेधित क्षेत्र घोषणा गरिएको छ । 

-रासस

प्रतिक्रिया