पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने

admin

पोखरा, २० माघ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा क्षेत्रमा सबै किसिमका खेलकूदको विकास गर्न सकिने सम्भावना रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा ४२ औँ अभिभावक दिवस समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले पोखरा र आसपासमा एक हजार रोपनीसम्मको जग्गा उपलब्ध भएमा सरकार अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने सोचमा रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य भीम कार्कीले समयको मागअनुरुप शिक्षा नीति परिमार्जित हुनुपर्ने बताउनुभयो । उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै अभिभावकलाई सम्मान गरिएको थियो । 

-रासस

प्रतिक्रिया