निर्माणाधिन घरको फर्मा खसेर टाउकोमा लाग्दा एक व्यक्तिको मृत्यु

कृष्ण रोकाया

काभ्रे २१ माघ :काभ्रे जिल्लाको धुलिखेल स्थित सरस्वती बजारमा निर्माणाधिन घरको फर्माको फलाम खसेर टाउकोमा लाग्दा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाभारत गाउँपालिका वडा नं। ४ का निर्वाचित वडा सदस्य दिपकबादुर थापा रहेका छन् । उनी सडकमा पैदल हिंडिरहेको बेला सरस्वती बजार स्थित सडकको मोडमै निर्माणाधिन घरको फर्माको फलामको डण्डी खसेर टाउकोमा लागेको थियो ।

आईबार घाइते अवस्थामा रहेको थापालाई धुलिखेल अस्पताल लगेकोमा उक्त अस्पतालले नर्भिक हस्पताल काठमाडौंमा रिफर गरेको थियो । थापाको हिजो राती९सोमबार० उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी काार्यालय, काभ्रेका प्रमुख एस।पी।रविराज खड्काले जानकारी दिएका छन् । उनी नेपाली काँग्रेस पार्टीबाट निर्वाचित वडा सदस्य हुन् ।

एस।पी। खड्काका अनुसार उक्त घरमा काम गर्ने २ जना मजदुरहरुलाई अनुसन्धानको लागि हिजै पक्राउ गरेको छ । ‘यो अनुसन्धानको विषय हो, जसजसको लापर्वाही देखिन्छ आपराध फौजदारी संहिता अनुसार कार्वाही गर्छौं ।’ उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं ।’ पोष्टमार्टम पछि परिवारलाई जिम्मा दिने तयारी गरिहेको उनले बताए ।

धुलिखेलको ब्यस्त, सरस्वती बजार नगरपालिका जाने तर्फको घुम्तीमा नयाँ घर बन्दै गरेको तेस्रो तल्लाको डलानका लागि फर्मा राख्ने काम धमाधम भइरहेको थियो । उक्त घर धुलिखेल–७ का सुवर्णकाजी श्रेष्ठका हुन् भने घरको ठेकेदार रवि अवल हुन् ।

प्रतिक्रिया