बालिका बलात्कारको अभियोगमा गौतम पक्राउ

admin

रुकुम (पूर्व), २१ माघ : बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।  बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

 मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो । 

-रासस

प्रतिक्रिया