सोनाम ल्होसारले सद्भाव र भातृत्व कायम गर्ने विश्वास

admin

चिप्लेढुङ्गा, २१ माघ: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार मनाइने सोनाम ल्होसारले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तामाङ समुदायको नयाँ वर्ष २८५५ औंँ सोनाम ल्होसारका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।
-रासस

प्रतिक्रिया