सङ्घीयता असफल बनाउने संयन्त्र भयो : प्रवक्ता शर्मा

admin

चितवन, २१ माघ : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको बताउनुभएको छ । काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनमा उहाँले अहिले लोकतन्त्र, सङ्घीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताउनुभएको हो ।

प्रदेश सरकारको नामाकरण गर्न र राजधानी तोक्ने विषयमा सरकारले समन्वय गर्न नसकेको उहाँले बताउनुभयो । प्रदेश सरकारलाई दिइने अधिकारका विषयमा पनि केन्द्रीय सरकारले अहिलेसम्म निर्णय गर्न नसक्दा सङ्घीयता असफल बनाउने खतरा बढेको उहाँको भनाइ थियो ।
-रासस

प्रतिक्रिया