आज सोनाम ल्होछार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउदैँ

admin

काठमाडौं,माघ २२ : आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।

सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिल प्रदर्शनीको गरिनेछन् ।

प्रतिक्रिया