वडा कार्यालय भवन बनाउन ज्ञानकुमारी न्यौपानेद्वारा जग्गा प्रदान

शर्मिला गुरुङ

गलकोट, २२ माघ : बागलुङको गलकोट नगरपालिका–४ नं वडा कार्यालय भवन बनाउन स्थानीय ज्ञानकुमारी न्यौपानेले १२ आना जग्गा प्रदान गर्नुभएको छ ।

रु पाँच लाख मूल्यको जग्गा जनताको सेवा प्रदान गर्न सहज होस् भभनेर वडा कार्यालयका नाममा नामसारी गरिदिएको न्यौपानेले बताउनुभयो । वडा कार्यालयलाई आवश्यक पर्ने विषयगत कार्यालयसहितको सुविधासम्पन्न भवन बनाउन प्राप्त जग्गा व्यवस्थित गर्ने कार्य भइरहेको गलकोट का वडाध्यक्ष बलबहादुर खत्रीले बताउनुभयो । खत्रीले भन्नुभयो, “वडा कार्यालयको भवन निर्माणका लागि नगरपालिकामा निर्णय गरेर प्रदेश तथा केन्द्रीय सरकारसँग माग गर्नेछौँ ।”

उहाँले सुविधासम्पन्न भवन निर्माणका लागि रु एक करोड बढी खर्च हुने बताउनुभएको छ । निःशुल्क प्राप्त जग्गालाई रु चार लाख बढी रकम खर्च गरेर भवन निर्माण गर्नका लागि तयार गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले हाल भाडाको घरबाट सेवा दिइरहेकोे छ । रासस

प्रतिक्रिया