राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयनमा जोड

मनिषा थापा

काठमाडौँ, २२ माघ (रासस) : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसङ्घीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।

पाकिस्तानी दूतावासद्वारा आज यहाँ आयोजित ‘जम्मु कास्मिर विवाद र क्षेत्रीय स्थायित्व’ विषयक प्रवचनमा उहाँले कास्मिरका जनताको भावनाबमोजिम जनमत सङ्ग्रह हुनुपर्ने राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयनमा जोड दिनुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रीय प्रगति र समृद्धिका निम्ति अपरिहार्य छ भन्दै त्यसलाई गति दिन आफ्नो देश प्रतिबद्ध रहेको बताउनुभयो । क्षेत्रीय शान्ति र स्थायित्वले समग्र दक्षिण एशियामा प्रभाव परेको उहाँको कथन थियो ।

वरिष्ठ पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानवअधिकार उल्लङ्घनका घटनाबाट मुक्त हुनुपर्ने बताउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसङ्घकै प्रस्तावअनुरुप हुनु आवश्यक भएको उल्लेख गर्नुभयो ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेको बाचाबमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने बताउँनुभयो । हरेक वर्ष आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा उक्त दिवस आज यहाँ आयोजना गरिएको हो ।

प्रतिक्रिया