आज वि.सं. २०७५ माघ २३ गते बुधबारको राशिफल हेर्नुहोस

admin

आज वि.सं. २०७५ माघ २३ गते बुधबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०६ तारिख, आजको चाडपर्व र उत्सव : द्विपुष्कर योग बिहान ०३ बजेर ४९ मिनेटपछि, चन्द्रोदय, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), डेरा सर्ने, दीक्षाग्रहण, माघ शुक्लपक्षको द्वितीया तिथि, मध्यरात्रीपछि ०६:०० बजेसम्म, त्यसपछि तृतीया तिथि, धनिष्ठा नक्षत्र, बिहान ०८:०४ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, आजको चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), वरीयान् योग, बिहान ०९:०९ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा बालब करण साँझ ०४:५७ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०६:०१ बजेसम्म, अन्तिममा तैतिल करण,काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे

 

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:१९ देखि ०१:४० सम्म, यमघण्ट : बिहान ०८:१३ देखि ०९:३५ सम्म, गुलिक काल : दिउँसो १०:५७ देखि १२:१९ सम्म, आजको वारवेला :– लाभ वारवेला : बिहान ०६:५१ देखि ०८:१३ सम्म, साँझ ०४:२४ देखि ०७:२४ सम्म र मध्यरात्रीपछि ०५:१३ देखि ०६:५१ सम्म, उद्वेग वारवेला : दिउँसो ०१:४० देखि ०३:०२ सम्म र बेलुका ०७:२४ देखि ०९:०२ सम्म, शुभ वारवेला : दिउँसो १०:५७ देखि १२:१९ सम्म र बेलुका ०९:०२ देखि १०:४० सम्म, अमृत वारवेला : बिहान ०८:१३ देखि ०९:३५ सम्म र बेलुका १०:४० देखि १२:१९ सम्म, चर वारवेला : दिउँसो ०३:०२ देखि ०४:२४ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५७ सम्म, रोग वारवेला : दिउँसो १२:१९ देखि ०१:४० सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३५ सम्म, काल वारवेला : बिहान ०९:३५ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३५ देखि ०५:१३ सम्म

 

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।

प्रतिक्रिया