अभिषेक बच्चनले नक्कली औंठी दिएर गरेका थिए ऐश्वर्यालाई प्रपोज

रिता घिसिंग

एजेन्सी : बलीवुड अभिनेता अभिषेक बच्चनको जन्म ५ फेबु्रअरी १९७६ मा भएको थियो। अभिषेक र एश्वर्याको जोडी बलीवुडका परफेक्ट जोडीमध्ये एक हो। तर यी दुईको लभ स्टोरी कसरी शुरु भएको थियो र अभिषेकले एश्वर्यालाई कसरी प्रेम प्रस्ताव राखेका थिए भन्ने कुरा कमैलाई मात्र थाहा छ। 

केही समय पहिले अभिषेकले एक अन्तरवार्तामा यो विषयमा कुरा गरेका थिए। अन्तरवार्तामा अभिषेकले सन् २००७ मा आफूले एश्वर्यालाई एक औँठी दिएर प्रपोज गरेको बताएका छन्। तर उक्त औँठी हिरा वा सुनको नभएर नक्कली भएको उनले बताएका छन्। 

 

त्यो समयमा उनिहरु फिल्म ‘गुरु’को शूटिंग गरिरहेका थिए। त्यहाँ व्यस्त भएको कारण अभिषेकले औँठी किन्नको लागि समय मिलेन। त्यसकारण उनले शूटिंगमा प्रयोग भएको नक्कली औँठी दिएर एश्वर्यालाई प्रपोज गरेका थिए। 

 

अभिषेक र एश्वर्याको भेट सन् २०००मा भएको थियो। त्यो समय उनिहरु ‘ढाई अक्षर प्रेम के’ नामक फिल्मको शूटिंग गरिरहेका थिए। त्यहि वर्ष उनिहरुले फिल्म ‘कुछ न कहो’ मा पनि सँगै काम गरेका थिए। 

 

प्रतिक्रिया