चलचित्र ‘टोटल धमाल’मा सोनाक्षी सिन्हाको पानीमा बिकिनी लगाएर हट आइटम डान्स (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : धमाल सिरिजको तेस्रो फिल्म यही फेब्रुअरी २२ मा रिलिज हुँदैछ । फिल्ममा १८ वर्षपछि अनिल कपुर र माधुरी दीक्षितको जोडी एकसाथ देखिँदैछ । फिल्ममा समावेश गरिएको सोनाक्षी सिन्हाको आइटम डान्स रिलिज भएको छ । पछिल्लो समय पुराना गीत रिमिक्स गरेर फिल्ममा आइटम नम्बर राख्ने प्रचलन आएको छ र यो गीत पनि पुरानो गीतको रिमिक्स नै हो ।

१९७८ मा आएको हेलेनको गीत मुंगडामा सोनाक्षीले आइटम डान्स गरेकी छिन् । गीतमा सोनाक्षीसँग अजय देवगन पनि देखिएका छन् । यो गीतमा ज्योतिका तंगरी, शान र शुब्रो गांगुलीले स्वर दिएका छन् । यसअघि फिल्मको अर्को गीत पैसा ये पैसा रिलिज भएको थियो । यो गीत पनि १९८० मा आएको फिल्म कर्जबाट लिइएको थियो । हेर्नुहोस् सोनाक्षीको हट आइटम डान्स :

प्रतिक्रिया