बहुविवाह गर्ने एक जोडी कारागार चलान

admin

भोजपुर, २३ माघ : जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ । 

अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरेको हो । उनीहरुले यही माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजुरीपछि यही माघ ८ गते पक्राउ गरिएको हो । 

-रासस

प्रतिक्रिया