काभ्रेमा नक्कली हस्ताक्षर गरि बैंकबाट पैसा झिक्ने तीन पक्राउ

admin

काभ्रे, २३ माघ : बनेपामा रहेको बाणिज्य बैकमा खातावालाको हराएको चेकबुक प्रयोग गरि रकम निकाल्ने तीन जनालाई आज प्रहरीले पक्राउ गरिएको छ । बेथानचोक गाउँपालिका ४ का सुकदेब तामाङको माघ १७ गते बनेपामा रहेको बाणिज्य बैकमा पुगेर फर्किदा चेकबुक बैंकमै छुटेको थाहानै भएन । भेटिएको चेकबुक बंकमा इन्र्टनशिपमा रहेका बिद्यार्थीहरुले नक्कली हस्ताक्षर गरेर धुलिखेलमा रहेको बाणिज्य बैंकमा माघ २१ गते रकम सटिए पछि यो घटना बहिर आएको हो ।

एक्कासी मोवाइलमा बैंकबाट आफ्नो खातामा रहेको रकम घटेको जानकारी आएपछि प्रहरीकोमा आएर निबेदन दिएको खातावाला सुकदेब तामाङले बताउनुभयो ।खोजी गर्ने क्रममा आज बनेपा इलाका प्रहरीले बैंकमा इन्ट्रनशिप गर्ने २ जना विद्यार्थी सहित ३ जना लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराईले बताउनुभयो । दोलखा घर भएका रोशन श्रेष्ठ, रामेछाप घर भएका अमृत श्रेष्ठ र काभ्रे घरभएका गोबिन्द सापकोटालाई पक्राउ गरेर अनुसन्धान जारी रहेको बताउनुभयो ।

थप अनुसन्धान र बैकिङ कसुर अनुसार दोषिलाई कार्बहीको लागि आजै जिल्ला पठाइएको प्रहरी निरिक्षक भट्टराईले बताउनुभयो । २ जना काभ्रे जिल्लाको ज्ञानकुञ्ज कलेजमा बिबिएस तेस्रो बर्षमा आध्ययनतर बिद्यार्थी हुन् । ३ जना मिलेर बैंकवाट खातावालाको ७० हजार रकम निकालिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया