काठमाडौँ: मोरङ जिल्ला मित्लाजुङ गाउँपालिका कि सानुमाया महराको घर निर्माणको लागि १ हजार अभियान सुरु भएको छ। आफ्नो भएको सानो झुपडी पनि हात्तीले भत्काइदिएपछी दुइजना नाबालक नातिहरु र ३८ बर्षिय मनोरोगी छोरिको मुख हेरेर बाचिरहेकी ७८ वर्षिय सानुमायाको घर निर्माणको लागि मानव कल्याण समाज भक्तपुरको अध्यक्ष सुमीले अभियान सुरु गरेकी हुन्। क्यान्सर जस्तो प्राणघातक रोगको कारण श्रीमान गुमाएकी सानुमायाको कान्छो छोराले आफ्नै घरको दलिनमा झुण्डिएर आत्महत्या गरेका थिए। सानुमायाले ३८ बर्षिय मनोरोगी छोरि देविमायालाई समेत घरको भित्तामा टेको लगाएर बाधिएको डोरीमा बानेर राख्ने गरेकी छिन ।
केहि दिन अघि मात्र सानुमायाको जीवनको दर्दनाक पिडा देखेर पिएनपिमिडिया टिम उनको घर सम्म पुगेका थियौ। सानुमयाको जीवन कथा अनि उनको मनोरोगी छोरी देविमयाको पीडादायी दैनिकी देख्दा उनलाई त्यस्तै अवस्थामा छोड्न मनले नमानेपछि उनको मलिन अनुहारमा अलिकति भए पनि खुशी दिनको लागि फेरी पनि काठमाडौँकै केहि मिडियाकर्मी र भक्तपुरको मानव कल्याण समाजको सहकार्यमा केहि राहत सामग्री सहित पुगेका थियौ।
जीवन एक अर्काको जस्तो होइन एक अर्काको लागि हुनुपर्छ। मानव सेवा नै ठुलो धर्म हो । सानुमाया महराको घर निर्माणको लागि सुरु भएको १ हजार अभियानमा तपाइहरु पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिन सक्नुहुन्छ। तपाईहरु पनि सानुमाया र देवीमायाको पिडामा मलम लगाउन चाहनुहुन्छ भने आफ्नो सहयोगी हात अगाडी बढाउन सक्नुहुन्छ।
सहयोगको लागि सम्पर्क: मानव कल्याण समाज भक्तपुर : ९८४५६३७०३७, पिएनपि मिडिया प्रा.लि.: ९८५१०१८०६३