हेमन्त कान्छाले ल्याए पुरानो सर्जकलाई सम्मान गर्दै “रेलको ढोका बन”

शर्मिला गुरुङ

काठमाडौं, २४ माघ : करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइलीले पुरानो मौलिकतालाई जगेर्ना गदै “रेलको ढोका बन” गीतको कभर भिडियो सार्वजनिक गरेका छन् । उनले रेडियो नेपालमा गीत गाएर छुटटै पहिचान बनाएका गायक तथा सारङ्गी बाधक कृष्ण गन्धर्वको गीतको कभर भिडियो आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

यस कभर गीतमा आफ्नै स्वर, सारङ्गी रहेको छ भने अनिल थापा मगरले मादलमा साथ दिएका छन् । पुरानो गीतमा भने कृष्ण गन्धर्वको स्वर, शब्द, संगीत रहेको छ ।

उनको यस भन्दा अगाडि नै “भाग्यमानी” बोलको गीतले हजारौँ दर्शक स्रोताको मन जितिसकेको छन् । त्यस्तै हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला‘’ बोलको गीत निकै हिट भएको थियो । यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । लोकगायनका साथै अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया