आज अमेरिकी डलरको मूल्य घट्यो,कुन देशको कति ?

शर्मिला गुरुङ

काठमाडौँ, २४ माघ : आज नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ८९ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ७३ पैसा छ। हिजो सोमबार युके पाउडको मूल्य १४८ रुपैयाँ रहेको थियो।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ १६ पैसा रहेको छ। यसअघि दिनारको भाउ ३७७ रुपैयाँ ९९ पैसा रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३०४ रुपैयाँ ४८ पैसा रहेको छ।

प्रतिक्रिया