एजेन्सी : कान छेड्ने परम्पराले अब पूर्ण फेसनको रुपमा स्थापित भैसकेको छ । कान छेड्ने परम्परा आज फेसन बनेपनि यो धेरै पुरानो परम्परा हो र धेरैलाई थाहा छैन यो लागि निकै लाभदायिक कुरा हो ।
कान छेड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । कान छेड्नाले प्यारालाइसिसजस्तो गम्भिर बिरामीको जोखिम कम हुन्छ । साथै कानको तल्लो भागमा दबाब पुग्ने हुँदा यसले तनाब कम गर्न मद्दत गर्छ । साथै यसले मस्तिष्कको अन्य समस्याबाट पनि बचाउँछ ।
कान छेडेपछि आँखाको ज्योति पनि सन्तुलित रहन्छ । यसबाहेक यसले हाम्रो मस्तिष्कको क्षमता बढाउने काम गर्छ । वास्तवमा कानको लोती तल्लो भागमा एउटा प्वाइन्ट हुन्छ जहाँ दबाब हुँदा आँखाको ज्योति थप तेजिलो हुन्छ ।
कान छेड्नाले मानिसको पाचन शक्ति पनि मजबूत भएर जान्छ । कानको त्यस प्वाइन्टमा दबाब पर्दा मानिसलाई भोक पनि लाग्ने गर्छ । यसकारण मानिसहरु कम उमेरमा नै बच्चाको कान छेड्ने गर्छन् ।
वैज्ञानिकहरुका अनुसार कान छेड्नाले हाम्रो शरीर सुनिने र प्यारालाइसिस हुने जोखिम पनि कम हुन्छ